एनआरएनए जर्मनीमा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन, कुन पदमा को निर्वाचित ? (सूचीसहित)

काठमाडौ ।गैर आबासिय नेपालि संघ जर्मनको नबौ अधिबेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न अधिवेशनबाट सर्बसम्मत रुपमा निनम्मा राइ नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो। संघका पुर्व अध्यक्ष कुमार पन्त,एनआरएनए अभियन्ता दिल गुरुङ,सचिव गंगाधर गौतम,युरोप संयोजक सन्तोष भट्टराई लगाएतको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिमा आईसिसि सदस्यमा चन्द्रकान्त आचार्य, अध्यक्ष निनम्मा राइ, बरिस्ठ उपाध्यक्षमा लोक मणि ढकाल, उपाध्यक्षमा मेनुका त्रीपाणि,राजेश सुनार,हेम शर्मा, दिपक देबकोटा र अर्जुन ओलि,महिला उपाध्यक्षमा करुणा राइ, महासचिबमा सिजन दाहाल,उप महासचिबमा रुद्र केसि, सचिबमा राम कला पन्त र बलमान ओलि, कोषाध्यक्षमा रबिन गौतम,सह कोषाध्यक्षमा लछमण जोशि, भासा ताथा साह्त्य बाल्बालिका संयोजकमा मिरा अधिकारि, खेलकुद संयोजकमा कर्म तामाङ, ईभेन्ट संयोजकमा इस्वर श्रेष्ठ, युबा संयोजोकमा मनिश खनाल निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा सिबकला गुरुङ, रबिन लामिछाने, राजेस लाल श्रेष्ठ, दिपक लामा, दिपक धिताल, मिना कार्कि, लक्ष्मी नारायण रिजाल, खेम लाल बिक, दिपु गुरुङ निर्वाचित भएका छन् ।