एनआरएनएको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन आगामी अक्टोवरमा काठमाण्डौंमा हुने

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन आगामी अक्टोवरमा काठमाण्डौंमा हुने भएको छ।एनआरएनएको आइतवार बसेको पदाधिकारी बैठकले महाधिवेशनसँगै युवा, विज्ञ सम्मेलन पनि अक्टोवर १७ देखी २० सम्म गर्ने औपचारिक निर्णय गरेको हो। बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ ।

उक्त बैठकमा भाग लिएका एक पदधिकारीका अनुसार संघको आगामी अधिवेसनमा युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ । यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क रहेको थियो ।

बर्षौदेखीको नियमलाई आफूमुखी बनाउदै उक्त निर्णय गरिएपछि संघको पदाधिकारीको तिब्र आलोचना गरिएको छ। संघका कार्यकारी अध्यक्ष बद्री केसीले आफू र आफ्ना नजिकका खेमाको दवावमा आफुमैत्री निर्णय र सिंगो सँस्थालाई घाटा पर्ने कार्य गरेको बर्तमान पदाधिकारी,पुर्व पदाधिकारी र अभियन्ताहरुले बताएका छन ।

बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ। पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फट आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ। बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयवाट केन्द्रमा सिफारिश गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

बैठकले विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएसँग गत जुन महिनामा प्रधानमन्त्रीलाई साक्षी राखेर भएको सहमतिलाई आगामी १२ अगष्टमा हुने विशेष अधिवेसनबाट अनुमोदन गर्ने निर्णय गरेको छ । उक्त अनुमोदनपछि दुबै एनआरएनए एक हुनेछ ।बैठकले संघको ११ औं महाधिवेसनमा नयां नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।