काठमाडौं।गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलका नवनिर्वाचित उपाध्यक्ष पुनम गौतमले नवौं एकता अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन्।
एक विज्ञप्ती सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले अधिबेशन सफल बनाउन आ आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्ने र आँफुलाई उपाध्यक्ष पदमा निर्वाचित गराउने सबैलाई धन्यवाद ज्ञापन गरेकी हुन् ।
यस्तै गौतमले आगामी कार्यकालमा आफ्नो बलबुताले भ्याएसम्म विगतका दिनमा भन्दा एनआरएनए पोर्चुगलको हितमा र एनआरएनए पोर्चुगललाई नमुनायोग्य बनाउने अठोटसहित अगाडी बढ्ने प्रतिबद्धता पनि जनाएकि छन् ।
यस्तो छ उपाध्यक्ष गौतमको विज्ञप्तीः
गैर आवासीय नेपाली संघ पोर्तुगलको नवौं एकताको अधिबेशन सफल बनाउन आ-आफ्नो ठाउँ बाट लाग्नुहुने सम्पूर्ण NRNA निबर्तमान अध्यक्ष ज्यू हरु, निर्वाचन समिती, यहाँ स्थिति विभिन्न राजनीतिक संघ-संगठनका अग्रज एवं सम्पूर्ण साथिहरु, क्षेत्रीय संघसंगठनका अध्यक्ष एवं प्रतिनिधि ज्यू हरु सबैमा नमन🙏
बिगत केही समय देखि अन्योलमा रहेको NRNA पोर्तुगललाई गोलबद्ध गरि एक बनाउँदा मेरो पनि प्रत्यक्ष/अप्रत्यक्ष भूमिका पक्कै थियो। मैले बरिस्ठ उपाध्यक्ष(Senior Vice President) पदमा उम्मेद्बारी घोषणा गर्दै गर्दा समाज मिलाउने क्रममा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए। सोहि अनुसार उत्पन्न विवादित समस्याको समाधान समेत भएको छ । साथै मलाई निर्विरोध निर्वाचित गराउनु हुने सबैलाई धन्यवाद।
पहिलो त यंहा रहेका सम्पूर्ण संघसंगठन मिलेको छ, त्यसैले अहिलेको एनआरएनए सर्बपक्षिय बनाउन सानो/ठुलो जे होस् मेरो पनि भूमिका रहेको सम्पूर्णलाई जानकारी गराउंदछु। बलबुताले भ्याएसम्म हिजो जे गरे त्यो भन्दा भोली राम्रो गर्नेछु भन्ने अठोट सहित म लगायत सम्पूर्ण टिमलाई निर्बिरोध निर्वाचित गराउन पहल गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
पुनम गौतम
उपाध्यक्ष (2023-2025)
NRNA PORTUGAL