मगर संघ अमेरिकाको नयाँ कार्यसमिति चयन, नेतृत्वमा याम पुन मगर

अमेरिका ।मगर संघ अमेरिकाले आगामी कार्यकालका लागी नयाँ कार्यसमिति चयन गरेको छ। अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा सन्पन्न ९औ राष्ट्रीय महाधिवेशनले आगामी कार्यकालका लागी याम पुन मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। पुनको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको संघले जानकारी दिएको छ।

जसको वरिष्ठ उपाध्यक्षमा दिप सागर बुढा मगर,उपाध्यक्षमा जिवाराज बुढा मगर,मिन दर्लामि मगर,टेक बहादुर थापा मगर र गणेश आले मगर चयन भएका छन्। यस्तै महिला उपाध्यक्षमा जेनिशा घर्ति मगर र महासचिवमा भुवनसिंह आले मगर चयन हुँदा सचिवमा पुर्ण पाईजा मगर चयन भएका छन्।

यस्तै कोषाध्यक्षमा यमुना थापा मगर र सहकोषाध्यक्षमा रुपा सिंजाली मगरलाइ चयन गरिएको छ भने केशब बहादुर थापा मगर, विकास घर्ति मगर, केश पुन मगर, प्रदिन सुनियाल मगर, कमला सारु मगर, प्रकाश राना मगर र कमल सारु मगर सदस्य पदमा चयन भएका छन्।