युगान्डा। गैरआवासीय नेपाली संघ युगान्डाको वार्षिक साधारणसभाबाट रमा अर्याल अध्यक्षमा निर्वाचित भएकी छन्। युगान्डाको राजधानी कम्पालामा आइतबार सम्पन्न साधारण सभाले २९ वर्षीय अर्याललाई अध्यक्ष निर्वाचित गरेको हो ।
यसअघि उपाध्यक्ष पदमा रहेर भुमिका निर्वाह गरेकी अर्याल यसपटक अध्यक्ष बनेकी हुन्। उनले प्रतिस्पर्धी संजिव श्रेष्ठलाई पछि पार्दै निर्वाचनमा जित हासिल गरेकी हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ, महासचिवमा राजु थापा तथा सदस्यहरुमा रमेश बुढा,बिनोद साउद,मुकेश मेहता र रंजित गौतम निर्वाचित भएका छन। रिक्त पदाधिकारी तथा सदस्यहरुको सर्वसम्मत चयन गर्न साधारणसभाले निर्वाचन समितिलाई अधिकार दिएको छ।
जीवनाथ पंगेनी प्रमुख रहेको निर्वाचन समितिमा रमेश कंडेल र नरेन्द्र शर्मा सदस्य रहेका छन्।




