टर्की, गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको नेतृत्वमा उज्ज्वल कुमार घिसिङ पुन दोहोरिएका छन। घिसिङको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ। वरिष्ठ उपाध्यक्षको जिम्मेवारी श्यामकला राईले पाएकी छिन।
यसैगरी,उपाध्यक्षमा मन्दिरा खत्री,महासचिवमा विनोद पौडेल, सचिवमा श्याम पाण्डे, कोषाध्यक्षमा पेम्बा शेर्पा र सहकोषाध्यक्षमा सविता तामाङ चयन भएका छ्न्।
यस्तै, संजिव खतिवडालाई युवा संयोजकको जिम्मेवारी दिइएको छ। महिला संयोजकमा सरिता बास्कोटा चयन भएकी छिन्।कार्यसमिति सदस्यहरुमा देवराज खड्का, भिसन राई, अमृत थापा,डोमा शेर्पा र सृस्टी तामाङ रहेका छन ।