एनआरएनए फ्रान्समा पुनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध

पेरिस ,गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्समा निर्विरोध कार्यसमिति चयन भएको छ।संघको आगामी दुई वर्षे कार्यकालका लागि लोक बहादुर पुनको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो ।आइसीसी सदस्यमा शिवराम भण्डारी चुनिएका छन्।

यस्तै, दिलिप गुरुङ र लाल बहादुर सोडारीले उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने महिला उपाध्यक्षमा संगिता तिमिल्सिना चयन भएकी छिन।यसैगरी, महासचिवमा महेन्द्र अधिकारी,सचिवमा कमल काफ्ले,कोषाध्यक्षमा टीकादत्त अधिकारी र सहकोषाध्यक्षमा विष्णु कुमारी तिमिल्सिना निर्वाचित भएका छन।

महिला प्रतिनिधिको जिम्मेवारी निर्मला शाहीलाई दिइएको छ। युवा प्रतिनिधिमा लभसन गुरुङ चयन भएका छन।प्रवक्ताको जिम्मेवारी राजेन्द्र बाबू श्रेष्ठले पाएका छन्।कार्यसमिति सदस्यहरुमा ईन्द्र बहादुर वस्नेत, सुर्यबहादुर क्षेत्री, मन वहादुर सार्की, सामुन राई, दिल बहादुर नेपाली र सरूप शाही चुनिएका छन ।