काठमाडौं। भारतमा सहक दुर्घटनामा परि ६ जना नेपालीको ज्यान गएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लामा हिजो (शनिवार) भएको कार दुर्घटनामा उनिहरुको मृत्यु भएको हो। नेपालगञ्जको त्रिभुवन चोकका २ परिवारका ६ जनाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरी र गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
कारका चालक गम्भीर घाइते भएका छन्। उत्तर प्रदेशबाट नेपालगञ्ज फर्किदै गर्दा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।