एनआरएनए इटालीको आठौ अधिबेशनबाट नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यवय समिति इटालीको आठौ अधिबेशन इटालीको मिलान शहरमा सम्पन्न भएको छ। नेपाली राजदुताबास स्विजरल्याण्डको तर्फबाट कार्यबाहक राजदुत उत्तमकुमार शाही प्रमुख अथिति साथै एनआरएनए इटाली आइसीसी तथा निर्बाचन परिबेक्ष्यक चापागाई र बरिस्ठ सल्लाहकार रिचार्ड भण्डारी बिसेष अतिथिको रुपमा रहनु भएको उक्त कार्यकर्मको सभापत्तित्वो संघका २०२१ – २०२३ का अध्यक्ष श्री छबिलाल कंडेलले गर्नु भएको थियो ।

२०२१ – २०२३ कार्यसमितिको तर्फबाट महासचिब भवेशकुमार शिंहले संचालन गर्नु भएको उक्त कार्यक्रममा महिला संयोजक बिना मगरातीले स्वागत मन्तब्य , संघका उपाध्यक्ष भोजराज कंडेलले २०२१– २०२३ कार्यसमितिका गतिबिधिहरु माथि प्रकाश पर्नु भएको थियो ।यसैगरि संघका पूर्व उपाध्यक्ष मनोज कुमार कार्की , नेपाल मितेरी मंच मिलानोकोका अध्यक्ष रोजन राना , आइसीसी सदस्य राजन चापागाईले अधिबेशन सफलतको शुभकामना दिदै एनआरएनए इटाली २०२१ –२०२३ कार्यकाल गरेका कामहरुलाई धन्यबाद दिनुभयो।

कार्यक्रम संघका बरिस्ट सल्लाहकार रिचार्ड भण्डारी ज्युले (२०२१ – २०२३ कार्यकाल पूर्ण रुपमा सफल रहेको जानकारी गाराउदै आउदा दिनमा पनि नया बन्ने कार्यसमितिले पनि सहमति र सहकार्य गर्दै सबैलाइ समेटर आगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । स्विजरल्याण्ड तथा इटालीको लागि कार्यबाहक राजदुत उत्तमकुमार शाहीले इटालीबासि नेपालीहरुको हकहितको लागि राजदुताबास एनआरएनए इटालीसंग हातेमालो गर्दै अगाडी बढ्ने जानकारी गराउदै अधिबेशन सफलताको कामना गर्दै नया कार्यसमितिलाई सफल कार्यकालको लागि सुभकामना दिनुभयो।

एनआरएनए इटाली २०२१ – २०२३ को तर्फबाट अध्यक्ष छबिलाल कंडेलज्युले कार्यकालको कामकारबाहीको बारेमा प्रकाश पार्दै कार्यकाल सफल पार्न सहयोग गर्नु हुने नेपाली कन्सोलेट रोमका कन्सोलर पाओलो नुगारी, नेपाली राजदुताबास स्विजरल्याण्ड, बरिष्ट सल्लाहकार रिचार्ड भण्डारीज्यु , संघका पुर्ब अध्यक्ष देवराज गुरुङ, पुर्ब अध्यक्ष तथा आइसीसी सदस्य दिपेश कुमार रेग्मी ,आइसीसी सदस्य राजन चापागाई कार्यसमितिका साथीहरु , इटाली स्थित स्थानीय नेपाली समाजहरु ,समाज सेवी ,पत्रकार , कलाकार बुद्दिजीबी लगायत सम्पूर्ण इटालीबासि बुवाआमा दाजुभाई दिदि बहिनिहरुलाई हार्दिक धन्यबाद दिनुभयको थियो।

साथै संघको तर्फबाट एनआरएनए इटाली २०२१ – २०२३ कार्यकालप्रति गरेको सहयोग तथा सहकार्यको लागि नेपालीकन्सोलेट रोमका कन्सोलर पाओलो नुगारी , सम्पूर्ण स्थानीय नेपालीसमाजहरु , बरिस्ठ सल्लाहकार रिचार्ड भण्डारीज्यू लाइ अध्यक्ष कंडेलले बिसेष संम्मानका साथ कदरपत्र प्रदानगर्नु भएको थियो।

आठौ अधिबेशन सफलताको लागि नेपाली समाज रोमका अध्यक्ष देवराज गुरुङ , नेपाली समाज पिसाका अध्यक्ष बद्रिनारायण चौधरी , एनआरएनए यूरोप संयोजकद्वय चिन्तामणि सापकोटा , सन्तोष भट्टराई , एनआरएनए आइसीसी उपाध्यक्ष आरके शर्माज्यु बाट शुभकामना संदेशहरु प्राप्त भएका थिय। यसैगरि गैरआवासीय नेपाली संघ राष्ट्रियसमन्यव समिति इटालीको आठौ अधिबेशनको लागि निर्बाचन संयोजक उत्सब घिमिरेले सर्बसहमतिबाट निर्बिरोध रुपमा २०२३ – २०२५ को लागि श्री भबेशकुमार सिंहको अध्यक्षतामा नयाकार्यसमिति निर्बाचित भएको र आइसीसी सदस्यमा छबिलाल कंडेल निर्बिरोध रुपमा निर्बाचित भएको जानकारी गराउनु भयो ।

तेसैगरि नयाकार्यसमिति २०२३–२०२५ का लागि उपाध्यक्षमा केशव गुरुङ र देवानन्द बराल, महासचिव अशोक उप्रेती, सचिव गोपाल मान श्रेष्ठ, सह–सचिव जीत बन्जारा, कोषाध्यक्ष दिर्घा थापा, सह–कोषाध्यक्ष बिना मंग्राती, युवा संयोजक हरि श्रेष्ठ, महिला संयोजक शिवा पाठक सदस्यहरू दिल बहादुर खत्री, लक्ष्मी उप्रेती, सागर कार्की निर्बिरोध निर्बाचित हुनुभएको छ।

नबनिर्बाचित अध्यक्ष श्री भबेशकुमार सिंह लगायत सम्पूर्ण निर्बाचित टिम लाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना साथै यो आठौ अधिबेशन सम्पन्न गर्न सहयोग गर्नुहुने निर्बाचन संयोजक उत्सब घिमिरे लगायत उपसंयोजकहरु , स्थानीय नेपाली समाजहरु , संघ संगठन साथै सम्पूर्ण इटालीबासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यबादका साथै एनआरएन इटाली २०२१ –२०२३ लाई सफल बनाउन तपाइँहरुले खेल्नुभयेको भूमिकालाई उच्च कदर गर्दै सबैलाई हृदय देखिनै २०२१ – २०२३ कार्यसमितिको तर्फबाट धन्यबादका साथ कार्यसमितिको दौरान भएका कमि कमजोरी प्रति क्षेमा माग्दै आउने दिनमा पनि सामाजिक सदभाव एकता तथा भाईचाराका लागि इटालीभित्र भित्र रहेका नेपालीहरुको हकहितको लाग्ने प्रदिबद्द्ताका साथ सबैलाई एनआरएनए इटालीले धन्यवाद ज्ञापन गरेको छ ।