काठमाडौं। पाकिस्तानमा भएको बम विष्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। एक सय जना घाइते भएका छन्।पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्यालीमा बम विष्फोट भएको थियो।
विष्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले समाचार एजेन्सी एपीलाई जानकारी दिएका छन् ।आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले बताएका छन्।
आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन। खैबर पख्तुनख्वाको सिमाना अफगानिस्तानसँग जोडिएको छ।यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गरेका छन्।