साऊदी,नेपाली महावाणिज्यदुताबासबाट दुरदराजमा रहेको ताबुक क्षेत्रमा गैर आवासिय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुक संयोजकत्वमा महावाणिज्य दूतावास जेद्धाले यही २८ देखि २९ जुलाई २०२३ सम्म राहदानी नवीकरण फाराम संकलन, नयाँ बनि आएको राहदानी बितरण , श्रमिक अन्तरक्रिया कार्यक्रम र ९ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
उक्त कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दाबाट श्रम सहचारी तमराज काफ्ले , स्थानिय कर्मचारीहरु , जमल बुरहान, दिनेश पन्डित र राजु बास्कोटा लगाएतबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो ।सो सुबिधा लिनका लागि ताबुक लगायत आसपासका क्षेत्रहरु दुबा,हाकल, शर्मा, अलवज, आरार , ताइमा लगाएत अन्य ( 600KM टाढाका )स्थानहरु देखि नेपालीहरुले आएर सुबिधा प्राप्त गरेका थिए ।
महावाणिज्यदूतावास जेद्दाद्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम २८ जुलाई २०२३ भनिएतापनि सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गरि महावाणिज्यदूतावासको टोली द्वारा शुक्रबार बिहान ताबुकमा अहोरात्र खटी त्यहा उपस्थित राहदानी नया आबेदकहरु महिला ८ साथै पुरुष ३६३, अघिल्लो आवेदन रद्ध भएका ८ जना र ११ जना को नबिकरण बितरण र एक जनाको traval document सहित कुल जम्मा ३९१ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।
राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ क्षेत्रीय समन्वय समिती ताबुकका सँस्थापक तथा सल्लाहकार भक्तबहदुर हमाल, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष अर्जुन थापा, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारीहरु अध्यक्ष नर बहादुर खतिवडा, उपाध्यक्ष ओम थापा, सचिव बुद्धि प्रसाद बास्तोला, कोषाध्यक्ष दिपक कार्की, प्रवक्ता शक्ति भट्ट, सह-कोषाध्यक्ष प्रकाश थापा,युवा सयोजक बिक्रम तिम्सिना ,सदस्यहरु कपुर अधिकारी, निलेश घिमिरे, राजेश सेर्पालि,आइ बि गुरुङ, सुमन कार्की, बिकाश झा साथै पुर्व उपाध्यक्ष देवी बहादुर कार्की र पुर्व सचिव युबराज पोख्रेललगाएतले व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाएका थिए ।
यसैगरी उक्त अवसरमा गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुक को ९ औँ वार्षिकोत्सव सँस्थाका सस्थापक तथा सल्लाहकार भक्त बहादुर हमाल र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष साथै आर सि सि का सल्लाहकार अर्जुन थापाले केक काटेर भव्य रुपमा मनाइएको थियो भने उक्त अवसरमा नेपाली राष्ट्रिय पोशाक झल्काउने गरि गैर आवासिय नेपाली सङ क्षेत्रीय समन्वय समिती ताबुकका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राहीहरुको भनाइ रहेको थियो ,सम्पुर्ण सेवाग्राहिले आफ्नो पालो आउन निकै लामो समय पर्खनु परेकोले अब आउदा दिनहरुमा सेवालाइ अझै प्रभावकारी र चुस्त बनाइ, लामो समयको प्रतीक्षाबाट मुक्ति दिलाउन सुझाव दिएका छन र यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित भएका थिए।
गत जनवरी भन्दा अहिलेको संख्यामा वृद्धि र अहिलेको भन्दा अब आउने दिनहरुमा यो भन्दा पनि अझै संख्या वृद्धि हुने अनुमान गरिएकोले त्यहा उपस्थित गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका सम्पूर्ण पदाधिकारीहरुले सामुहिक रुपमा अर्को मेशिन थप गर्न महावाणिज्यदूतावास समक्ष गम्भीर ध्यानाकर्षण गराएका छन भने महावाणिज्यदूतावासका सरहरुले यसलाइ सकारात्मक रुपमा लिइ सम्बन्धित निकायमा जानकारी गराउने आश्वासन दिएका छन ।