युएइ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेपाल एसोसिएसन (एनआरएनए) युएईको अध्यक्षमा बिकास शाही निर्वाचित भएका छन। ३० जुलाई २०२३ को दिन सम्पन्न भएको नेपाल एसोसिएसन(एनआरएनए)युएईको महाधिवेशनमा सर्वसम्मत रुपमा चुनिएका बिकास शाही विगत १६ बर्षअघि युएईमा रोजगारीको शिलशिलामा गएका हुन ।
महाधिवेशनमा नेपाली राजदूतावास, युएईका कार्यवाहक राजदूत बिशाल भट्टराई प्रमुख अतिथी, बिशिष्ट अतिथीको रुपमा कम्युनिटी डेभलपमेन्ट अथोरिटीका प्रतिनिधि राशिद अलमहेरी, एनआरएनए आइसीसी उपाध्यक्ष डिबी क्षेत्री र नरेन्द्र भाट, मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ र राजेन्द्र अर्याल, उपसंयोजक राजु के.सी.,एनआरएनए अभियन्ता राजु शैयद लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष बिकास शाहीले आफ्नो मन्तव्यको क्रममा नेपाली राजदुतावासमा महिला सेल्टर पहिले रहेको अनि हालमा हटाइएकोमा आगामी दिनहरुमा नेपाली राजदूतावाससँग बिशेष समन्वय गरेर महिला सेल्टरको पूर्नस्थापना गर्ने, श्रमिकको हक हितका निम्ति अझ शसक्त रुपमा कार्य गर्ने प्रतिवद्धता जनाए ।
बिशिष्ट अतिथी आइसीसी उपाध्यक्ष डीबी क्षेत्रीले आगामी दिनमा सामाजीक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनमा सवैले ध्यान दिन आग्रह गरे । बिशिस्ट अतिथी नरेन्द्र भाट,मध्यपुर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।
महाधिवेसनबाट निर्विरोध निर्वाचित कार्यसमितीको नामावली निम्न रहेको छ ।
दिपक खड्का आइसीसी सदस्य
पुष्कर सापकोटा आइसीसी सदस्य
खेमराज बस्नेत आइसीसी सदस्य
मणीप्रसाद भुर्तेल आइसीसी सदस्य
सुजन सापकोटा आइसीसी सदस्य
बिकास शाही अध्यक्ष
प्रकाश थापा उपाध्यक्ष
मनोज कुमार सैंजु उपाध्यक्ष
सोनाम श्रेष्ठ उपाध्यक्ष
भीम मल्ल उपाध्यक्ष
फडिन्द्र ढकाल उपाध्यक्ष
शम्भु कुमार वाइबा उपाध्यक्ष
विष्णुलाल श्रेष्ठ उपाध्यक्ष
भुवन कुमार वाग्ले महासचिव
नवराज श्रेष्ठ सचिव
जीवन सिंह ठकुरी सचिव
बिनोद बस्नेत सचिव
अरुण अधिकारी सचिव
कुमार श्रेष्ठ सचिव
सुमन भण्डारी सचिव
गोविन्द पराजुली कोषाध्यक्ष
मञ्जु उचाई महिला संयोजक
अपिल भट्टराई युवा संयोजक
नवराज ढुंगाना सह कोषाध्यक्ष
एलिना फुयाल केन्द्रीय सदस्य
योगिता हाडा केन्द्रीय सदस्य
गीता बिष्ट केन्द्रीय सदस्य
टेक राज पराजुली केन्द्रीय सदस्य
प्रेम बहादुर शाही केन्द्रीय सदस्य
लोकबहादुर श्रेष्ठ केन्द्रीय सदस्य
धर्मप्रसाद भट्टराई केन्द्रीय सदस्य
नबिन दोङ लामा केन्द्रीय सदस्य
मानबहादुर सुनार केन्द्रीय सदस्य
कमल कार्की केन्द्रीय सदस्य
सुर्यांश कुमार चौधरी केन्द्रीय सदस्य
दोर्ण राज ढकाल केन्द्रीय सदस्य
बिनोद रत्न तुलाधर केन्द्रीय सदस्य
कमल लामा केन्द्रीय सदस्य