कोरिया,गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन । एनआरएनए कोरियाको आगामी कार्यकाल ०२३–०२५ का लागि सम्पन्न भएको निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा बुद्धि गुरुङ तथा महासचिवमा डा. केशव थापा निर्वाचित भएका हुन ।
एनआरएनए कोरियाको नयाँ कार्यसमितिका लागि विभिन्न २४ पदका लागि अनलाइन भोटिङ मार्फत चुनाव गरिएको थियो। विभिन्न ४४ जनाले उक्त प्रतिस्पर्धामा उम्मेदवारी दिएका थिए।
गंगाराज राइको संयोजकत्वमा बनेको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बुद्दी गुरुङले १५२१ मत तथा महासचिवमा डा.केशव थापा १५११ मत ल्याएर निर्वाचित हुनु भएका छन । यस्तै वरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान २२१८ मत, तारा पुन मगर १७००,हरि प्रसाद भट्टराई १४५१,सुनिल १०९८ मत ल्याएर उपाध्यक्षमा बिजयी बनेका छन ।
महिला उपाध्यक्षमा आरती ह्योल्मो १४१४, महासचिव डा.केशव थापा १५११, युवा संयोजक युविन श्रेष्ठ १८३७, कोषाध्यक्ष भक्त बहादुर गुरुङ १९७८, सह–कोषाध्यक्ष विष्णु १६६५, सचिव पुस्कर बुढाथोकी १६००,कमल भण्डारी १२४०, महिला संयोजक निला राइ २०३२, सदस्य हरु सपना अधिकारी २१३३,बिन्दु शाह, बिष्णु बहादुर रखाल, बिष्णु रेग्मी,मंगल प्रसाद,सुदन जुराजन,गंगा राजन मगर निर्वाचित बनेका छन्।
जम्मा ४ हजार ४ सय ५८ मतदाता रहेको निर्वाचनमा ८४.४८ अर्थात ३ हजार ७ सय ६६ मत खसेको थियो ।