एनआरएनए आयरल्याण्डको नयाँ कार्यसमिति निर्वाचित, नेतृत्वमा सापकोटा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनरए) राष्ट्रिय समन्वय परिषद आयरल्याण्डको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

प्रकाश सापकोटाको अध्यक्षतामामा निर्वाचित नयाँ कार्यसमितिमा आइसीसी सदस्य बिक्रम खाँड, उपाध्यक्ष चेतराज ओली र शिवबहादुर थापा,महिला उपाध्यक्ष सीतादेवी थापा (सरु),महासचिव चन्द्रकाजी घले, सचिव, गोपाल मान श्रेष्ठ, सह–सचिव तेज ज्ञवाली रहेका छन्।

यसैगरी कार्यसमितिमा कोषाध्यक्ष प्रविण बराल, सह–कोषाध्यक्ष सम्राट प्रसाई, युवा संयोजक बिकल पौडेल, महिला संयोजक प्रजय न्यौपाने, सदस्यहरू सविता न्यौपाने,मिथु राना,प्रमिशा राना,हरिप्रसाद गौतम,इन्द्रप्रसाद पोखरेल निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष प्रकाश सापकोटाको कार्यकालमा गैरआवासीय अभियान आयरल्याण्डमा बलियो,एकताबद्ध भएर थप उचाइमा पुग्ने विश्वास व्यक्त गरिएको छ ।