काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कतारले दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत विभिन्न पदको लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।गत सोमबार सार्वजनिक गरिएको नामावलीको विरणअनुसार सम्पूर्ण पदमा गरी कुल ८४ जनाले मनोनयन दर्ता गरेको छन्।
जसअनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ६ सदस्यको लागि ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आइसीसीको सदस्यको लागि नारायणप्रसाद ढुङ्गाना, मिनराज वाग्ले, हैदर अलि अन्सरी, दुर्गाप्रसाद प्याकुरेल, विक्रम कार्की, तेज कटुवाल, प्रेमप्रसाद चलाउने, दिपजङ्ग शाह र श्रीकृष्ण भट्टराईबीच प्रतिस्पर्धा हुने भएको हो।
त्यस्तै अध्यक्ष पदको लागि रमेश भट्ट र पदम गिरीबिच प्रतिस्पर्धा हुने भएको छ ।भने, प्रथम र द्धितीय उपाध्यक्ष पदको लागि ३–३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी तृतीय उपाध्यक्षमा २, महिला उपाध्यक्षमा २, युवा उपाध्यक्षमा २, महासचिवमा २, सचिवमा ७, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा समान ३–३, सदस्यमा ३८, लेखा समिति संयोजकमा २ र लेखा समिति सदस्यमा ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
महिला संयोजकमा शुष्मा खतिवडा (कटुवाल) तथा युवा संयोजकमा मेहेदसिंह तामाङ९टोकल० भने निर्विरोध निर्वाचित भएका छन ।यही २७ र २८ जुलाईमा आगामी नेतृत्वको लागी मतदान हुदैछ ।




