काठमाडौं। एनआरएनए साइप्रसको दसौं राष्ट्रिय अधिवेशन जुलाई ३० मा हुने भएको छ। निर्वाचन समितिले एक सुचना जारी गर्दै निर्वाचन अधिवेशन मितिको औपचारिक घोषणा गरेको हो। सो अधिवेशनमा सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितीको स्वागत तथा सपथग्रहण तथा हालको कार्यसमितिको बिदाई कार्यक्रम आयोजना हुनेछ।
यस्तो छ समितिले जारी गरेको सुचना:
हार्दिक निमन्त्रणा
आदरणीय साइप्रसबासी दाजुभाइ तथा दिदिबहिनी, साइप्रसमा क्रियासिल विभिन्न संघ सस्था तथा सन्चारकर्मी लगायत बुद्धिजीवी तथा समाजसेबी सम्पुर्णमा हार्दिक अनुरोध गर्न चाहन्छौ, गैरआवासीय नेपाली संघ नेपाली संघ रास्ट्रीय समन्वय परिषद साइप्रसको दसौं रास्ट्रीय अधिबेसन मार्फत २०२२३-२०२५ का सर्वसम्मत कार्यसमितीको स्वागत तथा सफथ ग्रहण र निबर्तमान कार्यसमितिको बिदाइ कार्यक्रम यहि ३० जुलाई २०२३ का दिन हुन गैरहेको हुदा उक्त दिन याहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
समय: ११ बजे देखि
स्थान: Antonakis music hall, 17 vasilou 96320epali 96191609, 96588161 Iciatom VALEN
निर्वाचन समिति
उमा थापा
सुबोध नायक
कल्पना दाहाल




