काठमाडौं। गतवर्ष बुटवलमा सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उनलाई बर्खास्त गरेको हो।
छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरिएको थियो। इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहेका डिएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए।
तत्कालिन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएर प्रहरी प्रधानकार्यालयले अनुसन्धान गरेको थियो। समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्ष निकाल्दै दोषी ठहर गरेको थियो।




