एनआरएनए थाईल्याण्डमा पुनः वस्नेतकै अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन

थाईल्याण्ड। गैरआवासीय नेपाली संघ(एनआरएनए) थाईल्याण्डको आगामी दुई बर्षे कार्यकालको लागि अध्यक्षमा पुनः भविन्द्र वस्नेत निर्विरोध निर्वाचित भएका छन ।सामाजिक काममा निकै अग्र भागमा रहनुभएका बस्नेतलाई सवैले समर्थन गरेपछि निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचनका लागि भएको मनोनयनमा अध्यक्षमा बस्नेतको मात्र अध्यक्षमा उम्मेदवारी परेपछि निर्विरोध भएका हुन। यस्तै कार्यसमितिको उपाध्यक्षमा क्रमशस्आतिश कृष्ण श्रेष्ठ,दानराज अधिकारी,राम गौतम, सरोज खना, महासचिवमा निरज वैद्य,सचिवमा राज बहादुर साउँद र अमित सिंह दाहाल,युवा संयोजकमा भूषण सिंह नेपाली श्रेष्ठ,महिला संयोजकमा सञ्जना तिम्सिना निर्विरोध निर्वाचित भएका छन।

यसैगरी सदस्यहरुमा क्रमशस्अतित कोइराला,पवन तुलाधर,सरसिङ गुरुङ,राजु बलामी ,सोमफोप सुवेदी,हेमलाल खनाल रहेका छन। यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन।

आईतवार सम्पन्न महाधिवेसनमा नेपाली राजदुतावासका प्रथम सचिव खगराज पाण्डे,एशिया प्याशिफिक संयोजक पारसमणी पोखरेल,थाई नेपाली संघका पदाधिकारीहरुले बस्नेतको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।