हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ। नवौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत हेजेन राईले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन ।
उक्त सपथ ग्रहण कार्यक्रममा एनआरएनए आइसिसि सचिव टिका गुरुङ,एनआरएनए हङकङका सँस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डेलगाएत हङकङमा रहेका विभिन्न संघ सँस्थाका पदाधिकारीहरुको उपास्थिती रहेको थियो ।
एनआरएनए हङकङको आउँदो कार्यकालका लागि गोकर्ण प्रसाद ढकाल फेरि नेतृत्वमा दोहोरिएका छन।अध्यक्षसहित अन्य सवै पदमा दोहोरो उम्मेदवारी नपरेपछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो।निर्विरोध कार्यसमितिको उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन ।
महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन भने सचिवमा मनोज सूर्यवशीं चुनिएका छन।त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन ।ईन्दर पुर्जा पुनलाई युवा संयोजकको जिम्मेवारी दिइएको छ भने महिला संयोजक कविता गुरुङलाई बनाइएको छ ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन ।
महाधिवेशनमा हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर राना प्रमुख अतिथि थिए। यस्तै, संघकी महिला सचिव राधिका गुरुङ (टीका) ,एनआरएनए हङकङका सँस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डे लगाएत विशेष अतिथिहरुले नवनिर्वाचित कार्यसमितीलाई सफल कार्यकालको सुभकामना ब्यक्त गरेका थिए ।