एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी भएका छन्। शनिबार सम्पन्न अनलाइन मतदानमा उनले १ हजार ४७९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी दिनेश घिमिरे १ हजार २५४ मत प्राप्त गरे।

संघको आइसीसी सदस्यमा शुनिलबाबु खड्का, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, र दिलराज गुरुङ विजयी भएको निर्वाचन समितले जनाएको छ।यस्तै, संघको २ उपाध्यक्षमा रविन्द्र कंडेल, सुरेश परियार निर्वाचित भएका छन्।

स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल विजयी भएका छन् भने महासचिवमा गोविन्द खरेल विजयी भए। यसैगरी सहकोषाध्यक्षमा हेम गुरुङ विजयी भए।