काठमाडौं । गैरआवासिय नेपाली सघं मलेसियाको आगामी कार्यकालको लागि अध्यक्ष र महासचिव बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितीले अन्तिम नामावली प्रकाशन गरेको को समयमा अध्यक्ष र महासचिवमा बाहेक सबैमा सहमती भएको हो । यो समाचार तयार पार्दासम्म अध्यक्ष र महासचिव पदमा अन्तिम समय सम्म सहमती गराउँदा समेत तिन जनाले आ–आफ्नो अडान कायमै राखका छन् ।
यस्तै संघको सह–कोषाध्यक्ष,एक उपाध्यक्ष र चार सदस्य पछि मनोनित गर्ने गरि अध्यक्ष र महासचिव बाहेक बाकि रहेको अन्य पदमा निर्विरोध भएको निर्वाचन समितीले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ । यसैगरी निर्विरोध हुनेहरुमा उपाध्यक्षमा रञ्जित कुमार क्षेत्री, इन्द्र नारायण लिम्बु, अरुण गिरी, दिल कुमार केरुङ र हेमराज सापकोटा ,महिला उपाध्यक्षमा लिला मगर, यूवा उपाध्यक्षमा नारायण अधिकारी, सचिवमा श्याम बहादुर श्रेष्ठ,बिष्णु प्रसाद बराल,कोषाध्यक्षमा बालध्वज लिम्बु रहेका छन् ।
यस्तै युवा संयोजकमा राजु तामाङ,महिला संयोजकमा इन्दु बस्नेत र सदस्यहरुमा विष्णु चौधरी राजु कुमार श्रेष्ठ ,भेषराज ज्ञवाली(हरि),खेमराज खत्री, बिजय मण्डल,उमेश कोहिरी महतो र आइसिसी सदस्य हरुमा शेर बहादुर गुरुङ,सन्तोष प्रकाश रिजाल ,मिरा पुरि गीरी निर्विरोध चयन भएका छ्न ।
बर्तमान अध्यक्ष बिनोद कुमार थापा, उपाध्यक्ष राकेश महतो र सदस्य सन्तोष कार्कीले दुई वर्षे कार्यकालको लागि अध्यक्षमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। महासचिवमा पनि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। बिमल राना , टेक बहादुर अधिकारी बिच पनि सहमति हुन सकेन।
निर्वाचन समितिले अन्तिम सहमतिको लागि अब आउने सोमवार सर्बदलीय बैठक बोलाउने भएको छ। त्यो दिन पनि सहमति भएन भने निर्वाचन प्रणालि मार्फत अध्यक्ष र महासचिवको लागि निर्वाचन हुने छ ।