काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद(एनआरएनए एनसीसी)अमेरिकाको आसन्न निर्वाचनकमा आगामी कार्यकालका लागी सचिव पदका उमेदवार एकदेव शर्माले एनआरएनएलाई राजनीतिमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँग कुराकानी गदै उनले यस्तो बताएका हुन् ।
आम गैर आवासिय नेपालीहरुमा राजनीतिले एनआरएनएका हरेक तहलाई ग्रसित पारेको भन्दै वितृष्णा पैदा भएकोले त्यो वितृष्णा अन्त्य गर्न आँफुले उमेदवारी दिएको शर्माले बताएका छन्। उनले अमेरिकामा रहेका सम्पुर्ण गैर आवासियहरु कुनै पनि राजनैतिक विचारधाराको नभै नेपाली विचारधाराका हौं भन्ने स्थापित गर्ने प्रतिबद्धता दोहोराएका छन्।
वाग्लुङ्गको विकट गाँउ छिस्तीमा जन्मिएर सरकारी विद्यालयहरुमा संघर्षशिल अध्ययनपश्चात विगत १७ वर्षदेखि अमेरिका रहेर एनआरएनएमा सक्रिय शर्माले यसअघि पनि एनआरएनएका विभिन्न तह र तप्कामा रहेर काम गरिसकेका छन्। त्यसकारण पनि अमेरिकामा रहेका नेपालिका समस्या के हुन् ? समाधानका उपाए के हुन सक्छन्? भन्नेमा पुर्ण जानकार रहेको उनको भनाइ छ।
गैर आवासिय नेपालि संघ एनआरएनए क्यालिफोर्नियाका च्याप्टरका अध्यक्ष समेत रहेका शर्माले एनआरएनएमा पछिल्लो समय बढदै गएको वितृष्णामा हालसम्मका नेतृत्वकर्ताले आफैले गरेका कार्यहरुको समेत आम सुभेच्छुकमा जानकारी पुराउन नसक्नु नै प्रमुख कारण रहेको बताएका छन्। यस्तै उनले आफ्नो विगतको कार्यक्षमता र दक्षतामा सम्पुर्ण अमेरिका निवासि नेपालीहरु जानकार रहेकोले आँफुलाई मत दिएर निर्वाचित गराउनेमा कुनै दुविधा नरहेको बताएका छन्।
निर्वाचित भएपछी आफ्नो कार्यकालमा एनआरएनए एनसीसी युएसए समस्या परेको खण्डमा अभिवावक हो भन्ने अनुभति दिलाउने नमुनायोग्य र विस्वास गर्न लायक सस्था वनाउन आँफु ज्यान दिएर लाग्ने बताएका छन्। पत्रकार पौडेलले शर्मासँग गरेको कुराकानी टिभिसण्डे अनलाईन टेलिभिजनका सम्पुर्ण सामाजिक सञ्जालहरुमा पनि पढ्न, सुन्न, र हेर्न सकिने गरि उपलब्ध छ।