काठमाडौ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) केन्याको छैठौ अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ। सो अधिवेशनले अध्यक्षमा शिवलाल अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
उक्त अधिवेसनबाट आइसीसी सदस्यमा कृष्णलाल गैरे उपाध्यक्षमा यज्ञमणि रेग्मी(भरत), महिला उपाध्यक्षमा मिरा गिरी, महासचिवमा रवि जैन, सचिवमा प्रभाकर भण्डारी, कोषाध्यक्षमा दीपक अधिकारी, सहकोषाध्यक्षमा कमल राज अधिकारी, महिला संयोजकमा कल्याणी काफ्ले र युवा संयोजकमा किसन राउत निर्वाचति भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरूमा राजन अधिकारी, सन्तोष कँडेल, डा.राजेश चौधरी, बिष्णु भुसाल, गणेश बहादुर कामी, अम्बिका प्रसाद भण्डारी, मदन श्रेष्ठ, आनन्द आलोक यादव निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित अधिकारीले गैरआवासीय अभियानलाई बलियो, एकताबद्ध बनाएर थप उचाइमा पुर्याउने बताएका छन्। उनले आफूलगायत सम्पूर्ण निर्वाचित कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेकोमा केन्यावासी नेपालीलाई धन्यवाद व्यक्त गरेका छन् ।