काठमाडौं। कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले युएई ए विरूद्ध जित हासिल गरेको छ। श्रीलंकामा जारी एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको हो।
नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे। उनले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए। खेलमा नेपालले २३ ओभरमा ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पुरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ७१ रनको योगदान दिए। त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए। यस्तै गुल्शन झाले ११ रन बनाए।
नेपालको लागि लागि रोहित पौडेलले ९ रन बनाए। त्यस्तै पवन सरार्फ नकआउट शून्य रनमा आउट भए। कुशल मल्लले अभिजित २ रन बनाए। त्यस्तै प्रतिश जिसिले ८ रन बनाए।ओपनर अर्जुन साउद शून्य रनमा आउट भए।