बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो ?: चन्द्र भण्डारी

sf7df8f}F, # ;fpgM lzIff,:jf:Yo tyf ;"rgf k|ljlw ;ldltsf] a}7sdf ;f+;b e08f/L lzIff,:jf:Yo tyf ;"rgf k|ljlw ;ldltsf] a'waf/ l;+xb/af/df a;]sf] a}7sdf wf/0ff /fVg'x'Fb} ;f+;b rGb| e08f/L . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले नेपालको शिक्षा समायानुकूल नभएको बताउनुभएको छ।आज बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले नेपालको शिक्षा नीति अरूका लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताउनुभयो।

नेपालको शिक्षा नीति समयानुकूल नहुँदा विद्यार्थीहरू विदेश पलायन भइरहेको उहाँको भनाइ थियो ।सांसद भण्डारीले प्राथमिक, क्याम्पस र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने सञ्चालन भइरहनुको अर्थ नरहेको जिकिर गर्नुभयो। उहाँले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, विद्यार्थीहरूले समयमा नै पाठ्यपुस्तक नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको शिक्षा नीति अरूका लागि उत्पादन गरिदिने थलो भयो,नेपालका लागि र नेपालीका लागि केही गर्न सकेन। अहिले हाम्रा युवाहरू विदेश जान्छन्,त्यही शिक्षाको परिणाम हो यो। हामीले पाठ्यक्रम पनि राम्रो बनाउन सकेनौँ। विश्वविद्यालय बन्द गरौँ, किन तलब खुवाएर राख्ने, बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो रु यो मैले सात वर्षअघि भनेको हो, अझै पनि त्यही छ ।’

सांसद भण्डारीले नेपालमा कुन शिक्षाको प्रणाली अपनाउने हो त्यो स्पष्ट हुनुपर्ने बताउनुभयो। उहाँले नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थीहरू पलायन हुने क्रम नरोकिने दाबी गर्नुभयो।