महिला विश्वकप फुटबलको आजबाट सुरु हुँदै

काठमाडौं। महिला विश्वकप फुटबलको नवौं संस्करण आजबाट अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु हुँदैछ। ३२ राष्ट्र सहभागि विश्वकपको उद्घाटन खेलमा आज न्युजिल्याण्डले नर्वेसँग खेल्दा अष्ट्रेलियाको भिडन्त रिपब्लीक अफ आयरल्याण्डसँग हुनेछ।

प्रतियोगिताको समुह‘ए’मा न्युजिल्याण्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्याण्ड छन् भने समुह‘बि’मा अष्ट्रेलिया,क्यानाडा, नाइजेरिया र आयरल्याण्ड रहेका छन्।

यसैगरि समुह ‘सि’ मा जापान, स्पेन, कोष्टा रिका र जाम्बिया, समुह ‘डि’ मा चिन, डेनमार्क, इंग्ल्याण्ड र हाइटी, समुह ‘ई’ मा नेदरल्याण्ड्स, अमेरिका, पोर्चुगल र भियतनाम, समुह ‘एफ’ मा ब्राजिल, फ्रान्स,जमैका र पानामा, समुह ‘जि’ मा अर्जेन्टिना, इटाली, दक्षिण अफ्रिका र स्विडेन तथा समुह ‘एच’ मा कोलम्बिया, जर्मनी, दक्षिण कोरिया र मोरक्को रहेका छन्।

यस पटकको विश्वकप फुटबलमा अमेरिका लगातार तेस्रो तथा समग्रमा पाँचौ उपाधिमो खोजीमा छ।अमेरिकासँगै स्विडेन, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स र इंग्ल्याण्डलाई पनि उपाधि दावेदारको रुपमा हेरिएको छ। अहिलेसम्म अमेरिकाले चार पटक,जर्मनीले दुई पटक तथा जापान र नर्वेले एक एक पटक महिला विश्वकप फुटबलको उपाधि जितेका छन्।