काठमाडौं।गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनकोलागी सञ्चालक समितिको महिला तर्फ अर्थात(बोर्ड अफ डाइरेक्टर)पदका लागी रमा खतिवडा प्याकुरेलले उमेदवारी दिएकी छन्। सामाजिक सञ्जालमा एक लामो स्टाटस सार्वजनिक गर्दै उनले आफ्नो उमेदवारी र धारणाहरु पनि सार्वजनिक गरेकी छन् ।
एनआरएनएका हरेक तहमा अबको नेतृत्वले स्पस्ट भिजन र कार्यदिशा बोक्न,एनआरएनएको बाटो र गतिविधि बारे स्पस्ट नीति तर्जुमा गर्न अत्यावश्यक रहेको भन्दै उनले आफुले पनि बोर्ड अफ डाइरेक्टरको महिलातर्फको पदमा उमेदवारी दिएको उनले बताएकी छन्।
बिगत ८ बर्षदेखि अमेरीकामा स्थायी रूपमा वस्दै आएकि रमा सुरुवाति चरणबाटै एनआरएनका बिभिन्न संघ सँस्थाहरुमा प्रत्यक्षरुपमा सक्रिय देखिन्छीन्।उनले प्रबासमा बस्ने सबै नेपालीको अपनत्व महसुस बनाउन आफ्नो मन बचन र कर्मले दृडताको साथ लाग्ने प्रतिबद्धतासमेत जाहेर गर्दै आगामी कार्यकालका लागी हुन लागको यस निर्वाचनमा सहयोग गर्न उनले अनुरोध पनि गरेकी छन् ।
यस्तो छ उनको धारणा र प्रतिबद्धताः
आदरणीय नेपाली समुदाय- बुवा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सवैमा नमस्कार ! सर्बप्रथम त एनआरएनए मा उम्मेदवारी दिनुहुने सम्पुर्णलाई अग्रिम बधाई तथा शुभकामना ब्यक्त गर्दछु।
म रमा खतिवडा (प्याकुरेल )बिगत 8बर्षदेखि अमेरीकामा स्थायी रूपमा वस्दै आएको र यो बसाइ बस्ने क्रममा बिभिन्न संघर्सस्थामा आबद् भई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा गर्दैआएको कुरा यहाँलाई अबगत नै छ !
अब को नेतृत्व ले स्पस्ट भिजन, र कार्यदिशा बोक्न,NRNA को बाटो र गतिविधि बारे स्पस्ट नीति तर्जुमा हुन जरुरी छ ! यस संस्थालाई अझ सबल, सक्षम, पारदर्शी , विश्वसनीय बनाउन असल र अब्बल नेतृत्वको आवश्यकता छ ! NRNA लाई प्रबासमा बस्ने हामी सबैको अपनत्व महसुस बनाउन म आफ्नो मन बचन र कर्मले दृडताको साथ लाग्ने कुरा विश्वाश दिलाउन चाहन्छु !
उल्लेखित प्रतिवद्ता पुरा गर्ने साथ मैले यस संघको – (२०२३-२०२५) कार्यकालको निम्ति Board of director (women) पदमा उम्मेदवारी दिएको छु। सवैको साथ, सहयोग र समर्थन सहित अत्याधिक मतले जिताउनु हुन हार्दिक अनुरोध गर्दछु।
रमा खतिवडा