एनआरएनए केन्टुकी च्याप्टर अध्यक्षमा अर्जुन किशोर न्यौपानेकोे उम्मेदवारी: यस्ता छन् कार्ययोजना,

काठमाडौं।ग़ैर आवासीय नेपाली संघ एनआरएनएको केन्टुकी च्याप्टर अध्यक्षमा अर्जुन किशोर न्यौपानेले उम्मेदवारी दिएका छन्। न्यौपानेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना धारणा र कार्ययोजनासहित अध्यक्ष पदको उमेदवारी घोषणा गरेका हुन्।

विगत १ दशकदेखि अमेरिकामा रहेर एनआरएनए र सम्बद्ध निकायका हरेक गतिबिधीसँग निरन्तर सक्रिय न्यौपानेले १७ बुँदे कार्ययोजना सहित आफ्नो उमेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमिति सचिवसमेत रहेका न्यौपानेले गैरआवासिय नेपालीका समस्या समाधानलाई घुम्ति शिविर सञ्चालन देखि युवा तथा बालबालिका लक्षीत कार्यक्रम सञ्चालन गर्ने सम्मका विषय कार्ययोजनामा समेटेका छन् ।

त्यतिमात्रै नभै उनले विभिन्न तवरले केन्टुकि पुगेर बसोबास गरिरहेका र पेसा व्यवसाय गरिरहेका गैर आवासिय नेपालिहरुका लागी सहजिकरण गर्नेदेखि नेपाल र नेपालीको पहिचान कायम गर्ने सम्मका प्रतिबद्धता उनले कायम गरेका छन् ।
यस्ता छन् उनका १७ सुत्रिय कार्ययोजनाः

१) नेपाल दुतावासद्वारा संचालित घुम्ती शिविर पुन संचालनका लागि पहल गर्नेछु ।
२) कम्युनिटि सेन्टर निर्माणका लागि स्थानिय संघ संस्थासंग सहकार्य तथा विशेष समन्वय गर्नेछु ।
३) केन्टुकीमा नेपाल दिवस( Nepal Day) को लागि समन्वय र संयोजन गर्नेंछु ।
४) वार्षिक रूपमा युवावर्ग लक्ष्यित सकर/भलिवल जस्ता स्पोर्ट कम्पीटिसनहरू आयोजना गराउनेछु ।
५) आइटि कन्सल्टीङ ग्रुपद्धारा संगको सहकार्यमा तालिमहरु परियोजनाका कामहरू गर्न समन्वय गर्नेछु ।
६) केन्टुकीमा वसोवास गर्ने नेपालीहरुको जनगणना गरी सही तथ्याँक तयार गर्ने व्यवस्था गराउनेछु ।
७) वार्षिक रूपमा हाइ स्कुल तथा कलेज दिक्षान्त तथा सम्मान कार्यक्रम र अनुभव आदान प्रदान कार्यक्रम आयोजना गर्नेछु ।
९) व्यवसाय प्रवर्धन र संचालनका सम्भावना अवसर र चुनौतीका विषयमा विज्ञहरू सहितको विशेष कार्यशालाको आयोजना गर्नेछु ।
१०) अध्ययन गर्न चाहनेहरूका लागि प्राविधिक,व्यावसायिक तथा अन्य कलेज लेबलका शिक्षाका अवसर र सम्भावनाहरूका लागि विज्ञ सहितको विशेष कार्यशालाको आयोजना गर्नेछु ।
११)घर जग्गा खरिद विक्री,मर्मत सम्भार,घर गाडी विमा प्रकृया,स्वास्थ्य विमा जस्ता विषयमा जानकारीमूलक अन्तर्कृया कार्यक्रमको आयोजना गर्नेछु ।
१२) नेपाली भाषा पाठशाला सँचालनका लागि स्थानीय संस्था र विषय विज्ञहरूसँग विशेष समन्वय गरी २०२३ भित्रैमा सँचालन गराउन पहल गर्नेछु ।
१३) नवागन्तुक व्यक्तिहरूलाई अपार्टमेन्ट व्यवस्थापन रोजगारीको खोजी र अन्य प्राथमिक सरसहयोगका लागि च्याप्टरमा सहयोग सेल खडा गरी व्यवस्था गर्ने कामको आरम्भ गर्नेछु ।
१४) समुदायमा भवितव्य पर्न सक्ने आपतकालीन सहयोग कोषको परियोजना ल्याई सबैको साथ सहयोगमा त्यसलाई आरम्भ गराउनेछु ।
१५)स्थानीय City,County,सामाजिक संस्था र पार्टी कमिटीहरूसँग दौत्य सम्बन्ध बढाई हाम्रो समुदायका लागि लाभप्रद कामहरू लिन पहलकदमी गर्नेछु।
१६) वार्षिक रूपमा विज्ञ डाक्टरहरू सहितको एक दिने स्वास्थ्य शिविर सँचालनको आरम्भका लागि पहल कदमी गर्नेछु ।
१७) नेपाली कला संस्कृति संरक्षणका लागी स्थानिय संघ संस्थासंग समन्वय गरी कार्य गर्नेछु ।