एनआरएनएमा राजनीतिको गन्धलाई अन्त्य गछौंः बासुदेब भट्ट, उमेदवार बोर्ड सदस्य

काठमाडौं।गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड सदस्य पदका उमेदवार बासुदेब भट्टले एनआरएनलाई गैरआवासीय नेपालीहरुले गर्व गर्ने सँस्था बनाउने बताएका छन् ।

सन २०१३ मा अमेरिका पुगेका भट्ट एनआरएनए हरेक अभियानमा सकृय रहदै आएकोले एनआरएनएमा रहेका हरेक समस्यासँग जानकार रहेकोले ति समस्या समाधान नै आफ्नो उदेश्य रहेको बताएका छन् । एनआरएनए नर्थ क्यारोलिनाका वर्तमान च्याप्टर अध्यक्ष समेत रहेका भट्ट अहिले गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषदको वोर्ड सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने विषयलाई सार्थक बनाउने कुरा आफु र आफ्नो टिमको प्रमुख उदेश्य रहेको भन्दै गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता लगायत नेपाली नागरिक सरह अधिकार स्थापित गराउने कुराहरु पनि आफ्नो समुहकै प्रतिबद्धता रहेका बताएका छन्।

अध्यक्ष पदा उमेदवार दिलु पराजुलिको समुहबाट बोर्ड सदस्यमा उमेदवारी दिएका भट्टले गैरआवासीय नेपाली सँघ नितान्त सामाजिक सँस्था भएकोले यसको सामाजिक चरित्र कुनैपनि हालतमा भत्किन नदिने बताएका छन् । यस सँस्थामा राजनीतिको गन्ध आउन नदिने प्रतिबद्धता जनाउँदै उनले सबै गैरआवासीय नेपाली अट्ने सामाजिक सँस्था बनाउने प्रतिबद्धता समेत मतदाताका बीचमा ब्यक्त गरेको बताएका छन् ।