काठमाडौं।गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनको सचिव पदका उमेदवार दिपक सापकोटाले फेस भेरिफिकेसन विना निर्वाचनमा सहभागिता नजनाउने बताएका छन् । टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा सापकोटाले फेस भेरिफिकेसनविना निर्वाचनको निश्पक्षतामा शंका उब्जिएको भन्दै उनले फेस भेरिफिकेसन बिना सहभागिता जनाउन नसक्ने बताएका हुन् ।
एनआरएनए रुपान्तरणका लागी भन्दै उमेदवारी दिएका सापकोटाले निर्वाचन आयोगका पछिल्ला गतिबिधीसमेत शंकास्पद देखिएकोले आँफुले इच्छाएको व्यक्तिलाई मतदान गर्न पाउने मतदाताको अधिकार कुण्ठीत गर्न नपाइने चेतावनी समेत दिएका छन्। तर निर्वाचन आयोगले भने फेस भेरिफिकेसनको अहिलेसम्म अभ्यास नै नगरिएको भन्दै यसपटकको निर्वाचनमा सम्भव नहुने बताएको छ ।
अध्यक्ष पदका उमेदवार डा.अर्जुन बञ्जाडे समुहले यसअघि नै निर्वाचनमा फेस रिड अर्थात फेस भेरिफिकेसन अनिवार्य गर्नुपर्ने नत्र निर्वाचन बहिस्कार गर्ने औपचारिक निर्णय नै आयोगलाई बुझाइसकेको छ। आयोगका गतिबिधी शंकास्पद देखिएको भन्दै पटकपटक पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गर्दै सचेतसमेत गराइरहेको छ।
फरक प्रसङ्गमा सापकोटाले एनआरएनएका हरेक तह र तप्कामा अनावश्यक राजनैतिक प्रभावले ग्रसित बनाएको भन्दै यसलाई निर्मुल पार्न र एनआरएनए अमेरिकाको हामुल परिवर्तन गर्न पनि आँफुले उमेदवारी दिएको उनले बताएका छन् । सापकोटासँग पत्रकार पौडेलले गरेको अन्तरवार्ता टिभिसण्डेका सम्पुर्ण सामाजिक सञ्जालहरुमा पढ्न,हेर्न, र सुन्न सकिने गरि उपलब्ध छ ।