अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि

काठमाडौं। श्रीलंकाले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।यसअघि नै विश्वकपमा स्थान बनाइसकेका शीर्ष २ टिमबीच भएको फाइनलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १२८ रनले हराउँदै उपाधि जितेको हो ।

जिम्बाव्वेको हरारेमा पहिला ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अल आउट हुनुअघि २३३ रन बनाएको थियो। श्रीलंकाका सहान अरचिगेले ५७ तथा कुशल मेन्डिसले ४३ रन बनाए।

जितका लागी २३४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स श्रीलंकाली बलरसामु निरीह सावित हुँदै २३.३ ओभरमा १०५ रनमा अल आउट भयो।

नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडोडले ३३ तथा लोगन भान बीकले नट आउट २० रन र विक्रमजित सिंहले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन्।श्रीलंकाका महेश थिकसनाले ४ तथा दिल्सान मधुशंकाले ३ र वानिन्दु हसरंगाले २ विकेट लिए ।