एनआरएनए एनसिसिको चुनावी गतिविधी तिब्रः टेक्सासमा पुगेर डिलु पराजुलीले मागे काम गर्ने अवसर

टेक्सास, गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आगामी निर्वाचनका लागी अध्यक्ष पदका उमेदवार डिलु पराजुली समुहले टेक्सासमा चुनावी सभा सम्पन्न गरेको छ। सभामा पराजुली समुहका अन्य उमेदवार पनि सहभागी भएका थिए। उनिहरुले यसपटक निर्वाचनमा आफ्नो समुहका उमेदवारहरुलाई मत दिएर यो कार्यकाल सेवा गर्ने अबसर दिन आग्रह गरेका छन्।

यद्दपी, उम्मेदवारहरुले अहीलेसम्म गरेको काम र संस्थाप्रतिको इमान्दारीताको कारणले विजय प्राप्त गर्ने विश्वास भने ब्यक्त गरेका छन्। पराजुलीले विगतमा आफु उपाध्यक्ष हुदा आफुले पाएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेकोले आम मतदाताले विश्वास गर्ने कुरामा विश्वस्त रहेको बताएका छन्। पराजुलीले कथंकदाचित आफू पराजित भए पनि समानान्तर गतिबिधी गरेर संस्थामा ऑच पुग्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै पछिल्लो समय विवादमा आएको फेस रिडिगंको विषयमा पराजुलिले भने, हामी चुनावमा फेस रीडीगं होस भन्ने चाहन्छौ मात्र भनेनन त्यस भन्दा माथि उठेर फिजिकल उपस्थिति भएर चुनाव गराउन चाहेको भन्दै आफु र आफ्नो टीम निष्पक्ष निर्वाचनको पक्षमा रहेको बताए।

कार्यक्रममा अध्यक्ष उमेदवार पराजुलिले आफ्नो समुहमा बरिष्ठ उपाध्यक्ष अंजन चौलागाई, उपाध्यक्षहरु सन्तोष पाहाडी, राजीव श्रेष्ठ, भानु खरेल, राज ढुंगाना, महीला उपाध्यक्ष सुन्दरी गुरुङ, युवा उपाध्यक्ष अनुप खनाल, महासचिवका उम्मेदवार रामहरी अधिकारी, कोषाध्यक्षका उम्मेदवार सरोज सिग्देल, सह कोषाध्यक्ष रवि सिंह बस्नेत, महीला संयोजक मुना तिवारी, युवा संयोजक विश्व किरण थापा बोर्ड सदस्यहरु बिष्णु बराल, डा.गंगाधर आचार्य, भोजराज न्यौपाने, लक्ष्मण दर्लामी, इन्द्रराज पाण्डे, दिवाकर भट्ट र दुर्गा तिवारी उमेदवार रहेको जानकारी दिएका छन्।

त्यस्तै सोही क्रममा आईसीसी सदस्यका उम्मेदवारमा टंकराज रेग्मी, साम्बा लामीछानेलगाएतको परिचय राखेका थिए। कार्यक्रममा टेक्सास राज्यका अध्यक्षका उम्मेदवार प्रदीप चौलागाई र रामकृष्ण यादव सचिवका उम्मेदवार शुमा कार्की र कोषाध्यक्ष बिनोद कुमार शाहको पनि उपस्थिति रहेको थियो।