काठमाडौँ,बुढीगण्डकी हाईड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागिएको सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट र नेपाल विधुत प्राधिकरण(NEA) विच विधुत खरिद बिक्रि संझौता(PPA)सम्पन्न भएको छ। गोरखाको धार्चे गाउपालिकामा निर्माण गर्न लागिएको यस आयोजना को नेतृत्व गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका सचिव एबं सफल ब्यबसायी खगेन्द्र न्यौपानेले गरेका छन।
उक्त हाईड्रोको संचालक समितिमा आनका महासचिव कृष्ण घिमिरे, सरोज धिताल, राजकुमार गुरूङ र इन्द्र बहादुर ढकाल रहेका छन। यही टिमले यस अघि सोहि क्षेत्रमा बिकाश हाईड्रो पावरको बिधुत प्राधिकरणले दिएको समयभन्दा पहिला नै सफलतापूर्वक सम्पन्न गरी RCOD समेत गरिसकेको छ।
बिकाश हाईड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश बिकाशमा सानो भने पनि थप योगदान गर्न सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट शुरु गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
मलेसियाका अत्यन्तै सफल ब्याबसायी न्यौपानेले देश बिकाशको महत्वपुर्ण आधार जलस्रोत,जंगल र जमिन नै भएको जनाउदै गैरआवासीय नेपालीको पनि देश बिकाशमा ठुलो योगदान रहेको बताए ।उनले आफूले अघिल्लो बिकास हाईड्रोजस्तै यो हाईड्रोलाई पनि समय सिमा भन्दा पहिले नै सम्पन्न गरेर लगानीकर्ताहरुको मन जित्ने बताए ।यस्तै अर्का संचालक कृष्ण घिमिरेले बिकास हाईड्रोलाई जस्तै यो प्रोजेक्टलाई माया गरिदिन सबैलाई आग्रह गरे । घिमिरेले आफूहरुले छिट्टै अर्को हाईड्रो पनि निर्माण गर्ने बताए ।
उक्त आयोजनाको बित्तिय ब्यबस्थापन गरि चांडै नै निर्माण कार्य सुरू गर्ने तयारी रहेको र निर्माण कार्य करिव ३ बर्षमा सक्ने लक्ष्य राखिएको संचालक सरोज धितालले बताए ।यस आयोजना बनाउन देश बिदेशमा रहेका नेपालीले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा हाईड्रो सम्पन गर्न सकेको हो हामीले साना आयोजनामा मात्र लगानि गरिरहेकोमा अब निकट भविष्यमा नै १५ मेघावाट भन्दा माथि ५०/ १०० मेघावाटको आयोजना बनाउने गरि तयारी गरेको अष्ट्रेलियाका सफल ब्यावसायी एबं समाजसेवी जोन घलेले बताए ।
जलबिधुत नै नेपालको भबिष्य हो यसमा क्रान्ति नै गर्नु पर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ घलेले बताए। उनले हाईड्रो पावर टिममा म्यानेजमेन्ट टिम नै प्रमुख हुने रहेछ त्यस्तो टिमवर्क हामिमा छ तेसैले हामी सफल हुन्छौ घलेले बताए ।यस अघि निर्माण सम्पन्न गरि सफलतापुर्वक हाईड्रोलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न सफल भएको टिम र टिममा म्यानेजिङ डाईरेक्टर कृण्ण घिमिरे, संचालक सरोज धितालले सफल हाईड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाईसकेका छन ।
बिहिबार नेपाल बिधुत प्राधिकरणका अनुगमन तथा सुपरिबेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदिप कुमार थिके र कम्पनिका प्रबन्ध निर्देशक कृष्ण घिमिरे बिच पिपिए गरिएको हो ।