काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । यसबर्षको एसइई नतिजा गतवर्षभन्दा सुधार देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो। बोर्डले यो वर्ष अनिवार्य गणित, अनिवार्य अंग्रेजी र विज्ञान विषयको स्तरीकृत प्रश्नपत्र प्रणालीबाट परीक्षा लिइएको थियो । माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्यामा बढी देखिएको छ भने तल्लो ग्रेडको नतिजा कम देखिएको छ ।
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि चार जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेका छन् । जुन ४.६३ प्रतिशत हो । २०७८ को नतिजा अनुसार ३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जना रहेका थिए । जुन १.९४ प्रतिशत रहेको थियो ।
त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ विद्यार्थी रहेका छन् । जुन ११.३६ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा यो संख्या पनि बढी हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विभिन्न कारणले यो वर्षका नतिजा राम्रो देखिएको बताए ।