नेपाली खेलाडीको वरीयता खस्कियो,कसको कहाँ पुग्यो ?

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय टोलीका बलर सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन्। एकदिवसीय टोलीको बलिङ वरीयतामा सन्दीपले सुधार गरेका हुन्।

यसअघिको वरीयतामा २५ औं स्थानमा रहेका सन्दीप नयाँ वरीयतामा २४ औं स्थानमा उक्लिएका छन्। अर्का नेपाली बलर दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन्। यसअघिको वरीयताको तुलनामा उनी पाँच स्थान तल झरेका हुन्।

नयाँ वरीयतामा सोमपाल कामी ७८औं स्थानमा छन्। यसअघि उनी ७६औं स्थानमा थिए। करण केसी ८७ औं स्थानमा छन्। उनी दुई स्थानमाथि उक्लिएका हुन् ।