काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ।आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेसहित प्रतिपक्षी दलले विरोध जनाएका हुन्।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागे्। उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए।
तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोज्दा एमालेसहितका दलहरुले उठेर विरोध जनाए। एमालेका सांसदहरुको नाराबाजी भएपछि सभामुख घिमिरेले बुधबार नै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अबरोधमा अन्य प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालगाएतले पनि समर्थन गरेका थिए। हिजो स्थगित भएका बैठक आज पनि बस्ने तयारी छ तर आजका बैठक पनि अबरुद्ध पार्ने प्रतिपक्षी दलहरुको तयारी छ।
प्रधानमन्त्री प्रचण्डलाई अहिले आफ्नै अभिव्यक्तिको चौतर्फि आलोचना, बिरोध सँगसँगै प्रधानमन्त्री पदबाटै राजिनामा मागेर संसद नै अबरुद्ध हुन थालेपछी संकट परेको छ। सोही संकट समाधान गर्न बिहिबार बिहानै बाट प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफलमा हुनुहुन्छ।