दक्षिण अफ्रिकामा ग्यास चुहावटबाट १६ जनाको मृत्यु

एजेन्सी। दक्षिण अफ्रिकामा संदिग्ध विषाक्त ग्यास चुहावटबाट १६ जनाको मृत्यु भएको छ।जोहानेसवर्ग शहरको पुर्वी क्षेत्र बोक्सबर्गमा एउटा अवैध सुनखानीमा प्रयोग गरिएको नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

नाइट्रेट अक्साइड ग्यास प्रायः अवैध सुन खानीहरूमा सुन निकाल्न प्रयोग गरिन्छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बक्सबर्गको घनघोर जनसंख्या भएको एन्जेलो शान्ती शहरमा एउटा ग्यास सिलिन्डर लिक भएको अवस्थामा फेला परेको हो।

मृतकहरू घटनास्थलको सय मिटरको दायरामा भित्र फेला परेका थिए। रातको समयमा खोजी र उद्धार टोलीले आफ्नो काम जारी राखेकाले मृतकको संख्या बढ्नसक्ने समाचारमा उल्लेद गरिएको छ।