नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबार गर्न अनुमति

काठमाडौं।नेपाल स्टक एक्सचेन्जले नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबार गर्न दिने निर्णय गरेको छ।नेप्से संचालक समितिको बुधबार बसेको बैठकले धितोपत्र बोर्डबाट अनुमति लिएर मापदण्ड पूरा गरेका नयाँ ब्रोकरहरुलाई सदस्यता प्रदान गर्दै कारोबार सुरू गर्न अनुमति दिने निर्णय गरेको हो ।

योसँगै अब नेप्सेबाट नयाँ ब्रोकरहरुले सदस्यता लिन सक्ने छन् भने नेप्सेले उनीहरुलाई आफ्नो सिस्टमसंँग कनेक्ट गराउने छ। त्यसपछि नयाँ ब्रोकरहरुले सिडीएसबाट राफसाफ सदस्यता लिएर कारोबार सुरू गर्ने छन् ।

नेप्सेबाट अनुमति पाउने ब्रोकरहरुमा भोले गणेश सेक्युरिटिज लिमिटेड,क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड,हिमालय ब्रोकरेज लिमिटेड,सन सेन्युरिटिज प्रा.लि, मियो सेक्युरिटिज प्रा.लि.,शेयरप्रो सेक्युरिटिज प्रा.ली.,प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् ।धितोपत्र बोर्डले अहिलेसम्म २९ वटा नयाँ ब्रोकर लाईसेन्स प्रदान गरिसकेको छ।