‘एनआरएनए एक भैसक्यो,अव दाँयाबाँया गर्ने अधिकार कसैलाई छैन’–जनार्दन शर्मा

ओमान। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिक स्थायित्वका लागि देशमा कार्यकारी प्रमुख चाहिने बताएका छन। बिहीबार एनआरएनए मध्यपुर्वले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा शर्माले प्रधानमन्त्री वा राष्ट्रपतिलाई कार्यकारी अधिकार हुनेगरी व्यवस्था हुनुपर्नेमा जोड दिए। शर्माले भने– ‘राजनीतिक स्थायित्वका लागि वाम एकता गरियो, तर त्यो टिकेन। अहिले गठबन्धनको राजनीति अघि बढिरहेको छ तर राजनीतिक स्थायित्वका लागि कार्यकारी प्रमुखको आवश्यकता छ।’

राजनीतिक स्थायित्व भएमात्रै देश विकास हुने उनको भनाइ छ। देश बिकाशमा लगानी आवश्यक भएको उल्लेख गर्दै शर्माले नेपालमा लगानीको क्षेत्र धेरै भएकाले ढुक्क भएर लगानी गरि प्रतिफल लिन र देश विकासमा योगदन दिन अनुरोध गरे। उनले एनआरएनए फैलँदो क्रममा रहेकाले यसको उचित व्यस्थापन गर्नुपर्नेमा पनि जोड दिए।

उनले कुनै पनि रुपमा एनआरएनए फुट्न नहुने भन्दै आफ्नो समेत सक्रियतामा दुई संस्था एक बनाउने सहमति गरेकाले त्यसमा तलमाथि नगर्न सचेत गराए। उनले भने–‘सहमति कसैले तोड्न पाइँदैन,तोडिए मानिदैन। एकतामा बाधक बन्ने अधिकार कसैलाई छैन।’ उनले थपे, ‘अव एनआरएनए एक भैसक्यो यसमा दाँया बाँया गर्ने अधिकार कसैलाई छैन।’

देश विकाशमा लगानी आवश्यक भएको उल्लेख गर्दै उक्त कार्यक्रममा शर्माले नेपालमा लगानीको क्षेत्र धेरै भएकाले ढुक्क भएर लगानी गरि प्रतिफल लिन र देश विकासमा योगदान दिन गैर आवासीय नेपालीलाई अनुरोध गरे।उनले एनआरएनए फैलदो क्रममा रहेकाले यसको उचित व्यस्थापन गर्नु पर्नेमा पनि जोड दिए। उनले कुनै पनि रुपमा एनआरएनए फुट्न नहुने भन्दै आफ्नो समेत सकृयतामा दुई संस्था एक बनाउने सहमती गरेकाले त्यसमा तलमाथी नगर्न सचेत गराए ।