एनआरएनए नागरिकता एक महिनाभित्रमा वितरण गछौंः उपप्रधानमन्त्री खड्का

ओमान। सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए)लाई नागरिकता वितरणको काम सुरु गर्ने भएको छ। उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गर्ने सरकारको घोषणा गरेका हुन् ।

उनले भने-`एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ। एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु पर्ने नियम कानुन परिवर्तन गरिन्छ। गर्नु पर्ने काम रोकिँदैन।´एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।

उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए। एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ थियो। एनआरएनए को सन्दर्भमा नेपालमा सत्ता र प्रतिपक्ष नरहेको भन्दै उनले एकताभावका साथ एनआरएनए लाई हेर्ने बताए।