काठमाडौं।एनआरएनए अमेरिकाका वर्तमान कार्यसमितिका सचिव अनुप खनालले आगामी कार्यकालको लागी युवा उपाध्यक्ष पदमा उम्मेदवारि घोषण गरेका छन्। एनआरएन माझ काममा स्वच्छ तथा सहयोगी छबी निर्माण गरेका खनालले युवा सशक्तिकरणको लागी आफुले उम्मेदवारी दिएको बताएका छन् ।
लामो समयदेखी महासचिवको प्रत्यासीका रुपमा चर्चामा रहेका खनालले बिहिवार समाजिक संंजालमा “युवाहरुको बृहत सहभागीता, संस्थाको दिगो सफलता” भन्दै एक लामो स्टाटस लेख्दै युवा सशक्तिकरण र सहभागीता बिना संस्था मजबुत बन्न नसक्ने ठहर गर्दै यो पदमा उम्मेदवारि घोषणा गरेको जनाएका छन्।
उनले भनेका छन्,“युवा परिचालनको क्षेत्रमा मैले बिगतमा धेरै काम गरेको अनुभव र महासचिवमा अर्का योग्य साथीको रुचि देखेपछि मैले यो निर्णय गरें ”
मेरिल्याण्ड च्याप्टरको बोर्ड सदस्यबाट शुरु भएको उनको एनआरएनए यात्रा स्टुडेन्ट टास्कफोर्सको सहसंयोजक हुदै एनसिसि सचिबसम्म पुगेको छ।
संस्थाको काममा जागरुक स्वभावका खनालले युवा तथा खेलमैत्रि बिभिन्न योजनाहरु पनि सार्वजनिक गरेका छन्।“अमेरिकामा नेपाली बिद्यार्थीहरुको संख्या ठुलो छ,उनिहरुको समस्या नजिकबाट बुझेको छु।”उनले थपे“मैले एनआरएनएमा रहेर गरेको कामको मूल्यांकन गरि एकपटक पुनःसेवा गर्ने मौका दिनुहुन अमरिकाबासी सम्पुर्ण दाजुभाइ दिदिबहिनीमा सादर अनुरोध गर्दछु।”
काठमाण्डौको चन्डोलमा जन्मिहुर्केका उनले अमेरिकाको अश्वर्थ कलेजबाट कन्सट्र्सन म्यानेजमेन्टमा स्नातक पुरा गरेर अहिले कन्सट्क्सन व्यवसाय गरेका छन्।