काठमाडौं।गैरआवासिय नेपाली संघ एनआरएनए एनसीसी युएसएको अध्यक्ष पदका उम्मेदवार अर्जुन बन्जाडेले परिवर्तनका लागी आफ्नो उमेदवारी रहेको बताएका छन्। टिभिसन्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्ताका क्रममा बन्जाडेले यस्तो बताएका हुन्।
आगामी कार्यकाल (२०२३ देखी २०२५)का लागी आउँदो जुलाई १६/१७ मा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी दिएका बन्जाडेले एनआरएनएका हरेक तहमा परिवर्तन आवश्यक रहेको बताएका छन्। अघिल्लोपटकको निर्वाचनमा पनि उपविजेता बनेका बन्जाडेले यसपटकको निर्वाचनमा जित सुनिश्चीत रहेको दावी गर्दै एनआरएनए एनसीसी युएसएले यसपटक परिवर्तनको आभास गर्ने बताएका छन्।
उनले गैरआवासिय नेपालीहरु आन्तरिक द्वन्द र खिचातानीमा रुमल्लिँदा एनआरएनएको केन्द्रीय नेतृत्वमा विभाजन आएको भन्दै यसको अन्त्य गर्नुपर्ने भएकोले अहिले तल्लो तहबाटै परिवर्तन आवश्यक रहेको बताएका हुन्। वन्जाडेले पत्रकार पौडेलसँग टिभिसण्डेमा गरेको पुरा अन्तरवार्ता टिभिसण्डेका सम्पुर्ण सामाजिक सञ्जालहरुबाट हेर्न,पढ्न र सुन्न सकिने गरी उपलब्ध छ।