लंग आईल्याण्डको महानगरमा नेपाली झण्डा फहराईयो

न्यूयोर्क।न्यूयोर्कको लंगआईल्याण्डको महानगरमा पनि नेपाली झण्डा फहराईएको छ। नेपालको गणतन्त्र दिवशको सन्दर्भ पारेर नेपालीहरुको वाक्लो वसोवास रहेको लंगआईलेण्ड स्थित हेम्पस्टेट महानगरमा नेपाली समुदायका अगुवाहरु सहभागि रहेको एक भव्य कार्यक्रम विच टाउन सुपरभाईजर Don Clavin र कन्सुलेट जनरल विष्णु प्रसाद गौतमले संयुक्त रूपमा नेपालको चन्द्र सूर्य अंकित रास्ट्रिय झण्डा झण्डोत्तलोन गरेका छन्।

कार्यक्रममा Town of Hempstea supervisor Don clavin, Zahid Syed EXECUTIVE DIRECTOR of town Community Affairs कन्सुलेट जनरल बिष्णु गौतम,कानून् ब्यवसायी,खगेन्द जीसीलाइ नेपाली टोपी,खादा लगाएर लग आइलैंड नेपाली समाजका अध्यक्ष बसन्त चाँपागाइ महासचिव बावुराम शर्मा लगायतले स्वागत गरेका थिए।

नेपाली समाजका अगुवा नेपाली कांग्रेसका महासमिति पूर्व सदस्य, गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाका सल्लाहकार,लग आइलैंड नेपाली समाजका सलाहकार एवं समाजसेवी वेदप्रसाद खरेल वेद प्रसाद खरेलको पहल र नेत्तृत्वमा Town of Hempstea supervisor र Long Island Nepalese societyले संयुक्त रूपमा नेपाली झण्डा फहराउने कार्यक्रम गरेका हुन्। त्यसै गरि कार्यक्रमा नेपालीहरुको सहभागिता ,उपस्थितिमा नेपाली राष्ट्रीय गान अमेरिकी राष्ट्रीयगान र सांस्कृतिक कार्यक्रमको पस्तुती गरिएको थियो। नेपाली राष्ट्रीय गान.., अमेरिकी राष्ट्रीय गान….ल नेपाली कल्चर डान्स….ले प्रस्तुत गरेका थिए।

झण्डोत्तलोन मन्तव्यमा सुपरभाईजर Don Clavinले आफू प्रमुख रहेको नगरमा विभिन्न समुदाएका नागरिक रहेकोले नेपाल देश र नेपाली भावना लाई सम्मान गर्न नेपालको गणतन्त्र दिवसको सन्दर्भ पारेर कार्यक्रम राखेको वताएका छन्।आफू यसरी नेपाली समुदाय सग जोडीन पाउनु खुसीको कुरा भएको बताउदै उनले आगामी दिनमा नेपाली समुदायको हितका लागि लागि पर्ने र नेपाल संग पनि जोडीएर केही गर्न आफू तत्पर रहेको बताएका छन्।

नेपाली महा वाणिज्यदुत विष्णु प्रसाद गौतमले आफ्नो मन्तव्यमा महानगरमा नेपाली एकताको प्रतिक आफ्नो मूलुकको झण्डा फहराएर नेपाल र नेपाली लाई सम्मान गरेकोमा हेम्पस्टेट महानगरपालिका लाई नेपाल सरकारको तर्फवाट आभार एवं धन्द्यवाद ज्ञ्यापन गरे।विदेशको महानगरमा नेपालको झण्डा फहराउनु विश्वभरिकै नेपाली समुदाएको गौरवको दिन भएको वताउदै नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण र पर्यटकको लागि उपयूक्त भूमी भएकोले पर्यटन पर्वर्दनमा जोडदिन आग्रह गरे।

कन्सुलेट जनरल विष्णु प्रसाद गौतमले टाउन सुपरभाईजर लाई एकसिंगे गैंडाको प्रतिक उपहार स्वरुप प्रदान गरेका थिए।नेपाली समुदायका अगुवा समाज सेवी,एनआरएन अमेरिकाका संरक्षक वरिस्ठ अधिवक्ता,सुपर लयर खगेन्द्र जिसीले अमेरिकाको महानगरमा नेपाली झण्डा फहराउनु ऐतिहासिक आर्जन भएको र यसलाई नेपाली जनले गौरव गर्नु पर्ने वताए र यसरी लग आइलैंड नेपाली समाजका अगुवाहरूको पहलमा कार्यक्रम हुनुमा गौरवको कुरा हो भन्नुभयो।

कार्यक्रममा लंगल्याण्ड नेपाली समाजका सल्लाहकार वेदप्रसाद खरेल,अध्यक्ष वसन्त चापागांई,महासचिव वावुराम शर्मा,समाजसेवी नवराज केसी, सल्लाहकारहरू विश्व वास्तोला,टिकाराज ढकाल,महेश खड्का,ख्याम भट्ट,श्यामकाजी गुरुग,टक रुवाली आंगछिरींग सेर्पा,मृदुला कोईराला,संकर भण्डारी,रुपा भण्डारी शोभा श्रेस्ठ,लंगआईलेण्ड नेपाली समाजका पदाधिकारी एवं सदस्यहरु,न्यूयोर्कमा रहेका समाजिक व्यक्तित्व एवं अगुवाहरुको भव्य उपस्थिति रहेको थियो।

भब्य र सभ्ब्य रूपमा सम्पन्न कार्यक्रम वारे प्रतिक्रिया दिदै नेपाली समाजका अगुवाहरू एन आर एन अमेरिका बोर्ड अफ डाइरेक्टर, लग आइलैंड नेपाली समाजका सल्लाहाकार विश्व वास्तोला, नेपाली समाजका सल्लाहाकार टिकाराज ढकाल,महेश खड्का, श्यामकाजी गुरुग, मृदुला कोईराला, संकर भण्डारी, वावुराम शर्माले नेपाल र नेपालीको शान र पहिचान लाइ उच्चा राख्ने यो कार्यक्रम आज न्युयोर्क शहरको Hempstead Long Island महानगर कार्यालय मा आयोजना गरिएर अमेरिकाको न्यू योर्कमा मै पहिलो पटक नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरी इतिहास रचिएको छ। यो नेपाल र नेपालीका लागि ऐतिहासिक दिन रहेको हामी सबैले गर्व गर्ने यो उत्सवमा भाग लीन पाउँदा को खुसीको लागेको बताए। लंग ल्याण्ड नेपाली समाजका अध्यक्ष वसन्त चापागांईले सबैलाइ धन्यबाद ज्ञापन गरे।