काठमाडौँ। आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट थुनछेक बहस हुँदैछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्नेछन्।
अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन्। सो प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये अब खाँडसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य विरुद्धको अपराध,सङ्गठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो।