काठमाडौं। समता स्कुलको अमेरिकामा भएको रकम हिनामिनाबारे टिभिसण्डेमा प्रसारित अन्तरवार्ताले तरङ्ग ल्याएको छ। समता शिक्षा निकेतनका सस्थापक उत्तम सञ्जेलले टिभिसण्डेमा पत्रकार तिलक पौडेलसँग शुक्रबार दिएको अन्तरवार्तामा गत नोभेम्बरमा समता स्कुललाई सहयोग गर्ने बाहनामा समता ग्लोबल सिनेटका अध्यक्ष तथा गैर आवासिय नेपाली संघ एनआरएनए एनसीसी युएसएका राष्ट्रिय परिषदका सल्लाहकार सदस्य उत्तम गौलि, राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष गोपेन्द्र भट्टराइ र कुमार डाँगीले अमेरिकाका विभिन्न ९ शहरमा कार्यक्रम गरि संकलन गरेको ३ लाख डलरभन्दा बढी रकम समता स्कुललाई हालसम्म १ रुपैया पनि नदिएको तथा सम्पुर्ण रकम आफै हिनामिना गरेको बताएका थिए ।
साथै सञ्जेलले डागीले बोस्टनबाट उठेको १२/१४ हजार नगद नै खाईदिएको र गौलिले धम्किपुर्ण अभिव्यक्ति दिने गरेकोसमेत बताएका छन्।
त्यसलगत्तै शनिवार सोही विषयमा पत्रकार पौडेलले गौलिसँग जवाफि अन्तरवार्ता लिदाँ गौलि स्वंले पनि हालसम्म २९ हजार डलर सञ्जेललाई दिएको र बाकि रकम अन्य व्यबसायमा लगानि गर्ने सहमती भएको भन्ने गैर जिम्मेवार जवाफ दिएका थिए ।
यसले यो काण्डमा मुछिएका गौलि, भट्टराई र डाँगीसहित ग्लोबल सिनेट सिंगो गिरोहलाई अर्को संकट थपिएको छ। अमेरिकाको कानुनलाई हेर्दा यौटा शिर्षकमा संघसस्थाको नाममा रकम जम्मा पारेर व्यवसाय अथवा अर्को काममा लगाएको पाईए र दुरुपयोग गरेको खण्डमा जन्म कैदसम्मको सजाय हुने व्यबस्था छ ।
त्यसलगत्तै अमेरिकामा रकम संकलनका कार्यक्रममा सहयोगी चन्दादाताले गौलि र समता सिनेटले तत्काल रकम फिर्ता गर्न दवाव दिदै विरोध गरिरहेका छन्। यसलगत्तै अमेरिकास्थीत गैर आवासिय नेपालिहरुको सस्था एनआरएनए एनसीसी अमेरिकाको आपतकालिन बैठक बसि गौलि, डाँगी र भट्टराईलाई स्पष्टिकरण सोध्ने तयारि गरेको अमेरिकास्थीत गोप्य सुत्रले टिभि सण्डेलाई जानकारी दिएको छ।
समता सिनेटले गत नोभेम्बर समता स्कुलका सस्थापक उत्तम सञ्जेल र समता स्कुलका संरक्षक बरिष्ठ हास्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहितको टालिलाई बोलाएर अमेरिकाका विभिन्न ९ वटा शहरमा कार्यक्रम गरि रकम जम्मा पारेको थियो। सञ्जेल र गौलिसँगको अन्तरवार्ता टिभिसण्डेका सम्पुर्ण सामाजिक सञ्जालमा हेर्न पढ्न र सुन्न सकिन्छ।