गौलिले उत्तम सञ्जेललाइ नै लगाए,रकम लुकाएको प्रत्यारोप..
काठमाडौं। अमेरिकामा समता स्कुलको रकम हिनामिना प्रकरणमा मुख्य दोषि भनिएका उत्तम गौलिले आरोप अस्विकार गरेका छन्। समता ग्लोबल सिनेटका अध्यक्ष ससेत रहेका गौलिले गत नोभेम्बरमा समता स्कुलको नाममा अमेरिकाका विभिन्न ९ सहरमा कार्यक्रमको आयोजना गरेर संकलन गरेको ३ लाख ६ हजार बढी डलर रकम स्कुललाई नबुझाएको आरोप छ।
गौलिले नेपालमा मासिक १०० रुपैयामा नर्सरीदेखी १२ कक्षासम्म अंग्रेजी माध्यममा विद्यार्थीहरुलाई पढाउदै आएको समता स्कुलको सहयोगका लागी भन्दै अमेरिकाका विभिन्न शहरमा समता शिक्षा निकेतनका सँस्थापक उत्तम सञ्जेल र संरक्षकहरु वरिष्ठ हास्यकलाकारद्वय महजोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बोलाएर बृहत कार्यक्रम गरेका थिए।
सोेही कार्यक्रमबाट संकलन भएको रकम १ रुपैया पनि आफुहरुले नपाएको सस्थापक उत्तम सञ्जेलले टिभी सण्डेमा गरेको अन्तरवार्तामा बताएका थिए। त्यसपछी आज टिभी सण्डेमै पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा कुराकानी गर्दै गौलीले सञ्जेलले लगाएको आरोप मित्था रहेको बताएका हुन्।
गौलिले सो कार्यक्रमबाट संकलन भएको रकमबाट १ रुपैया तलमाथी नभएको र सञ्जेलले आफुसँगबाट लगेको २९ हजार २ सय डलर सञ्जेलले लगेर हिसाव नदेखाएको आरोप लगाएका छन्। उनले संकलित रकममा ६१ हजार ५ सय २० कार्यक्रममा खर्च भएको अरु रकमको फेहरिस्त बताउने दावी गरेका छन्। तर समता स्कुलले यो आरोप मान्न तयार छैन।
स्कुलको नाममा कार्यक्रम गरेर हिसाव सार्वजनिक नगरेका गौलीले टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार पौडेलसँग गरेको कुराकानी टिभि सण्डेका सम्पुर्ण सामाजिक सञ्जालहरुमा उपलब्ध छ ।