कालीकोटमा जीप दुर्घटना हुँदा दम्पतीकै ज्यान गयो

काठमाडौं।कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उहाँकी श्रीमती मैना शाहीको ज्यान गएको हो।दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते हुनुभएको छ।

घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार चालकले जीप स्टार्ट गरी छाडेर जुत्ता लगाउन गएका बेला दुर्घटना भएको हो।