काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार पनि प्रतिवादी पक्ष तर्फबाट बहस जारी रहनेछ ।
बिहीबार अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नुहुनेछ। बुधबार पनि केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानून व्यवसायीले बहस थालेका हुन्।यसअघि सरकारी पक्षको वहस सकिएको छ। अभियुक्त पक्षबाट पूर्व महान्यायाधिवक्ता, नेपाल बार एशोसियसनका वर्तमान तथा पूर्व पदाधकारी एवं अन्य हाई प्रोफाइल कानुन व्यवसायीहरुले बहस गर्दैछन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दायर गरेको छ। जसमध्ये १८ जना अहिले प्रहरी हिरासतमा रहेका छन् भने १२ जना फरार छन्।