दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री राष्ट्रिय सभामा, यस्तो छ आजको कार्यसुची

काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक बस्दै छ।प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठब ११ः११ बजे बस्दै छ।

प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ ।आइतबारदेखि नै छलफलको तयारी गरिएको भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको छैन।

सोमबारको प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणलगायतका विषयमा सम्बोधन गर्नुका साथै प्रश्नोत्तर भएपछि संसद सामान्य अवस्थामा फर्किन लागेको हो।

आजै बस्ने आजको राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। बजेटपछिको राष्ट्रिय सभा पनि प्रतिनिधि सभा जस्तै अवरुद्ध भएको थियो।