देबघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमा साढे २ लाख बढीको बेड सहयोग

चितवन।लायन्स क्लब अफ नारायणगढ सङम्चोक र सङमचोक सन्जिबिनीले देबघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमा सहयोग गरेको छ। MAW foundation एमएडव्लु फाउन्डेसनको आर्थिक सहयोगमा लायन्सले १० थान डोमेट्री बंक बेड DORMITORY BUNK BED सहयोग गरेको हो। सोमबार एक कार्यक्रमको आयोजना गरेर लायन्स क्लवले संयुक्त रुपमा लायन्स अन्तर्राष्ट्रिय ३२५ आरका डिस्टृक गभर्नर पिएमजेएफ सिद्धार्थलाल चुकेको प्रमुख आतिथ्यतामा सो सहयोग हस्तान्तरण गरेको हो।

करिब २ लाख ५० हजार बराबरको सो सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा निवर्तमान डिष्ट्रक गभर्नर रामप्रसाद भट्ट, लायन्स क्लब अफ सङमचोकका अध्यक्ष घनश्याम न्यौपाने लगाएतले मन्तव्य राख्नु भयको थियो। गुरुकुलका अध्यक्ष सान्तप्रसाद पोख्रेलले यती ठुलो सहयोग सामाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

लायन्स क्लब अफ नारायणगढ सङ्गम्चोक र सङ्गमचोक सन्जिबिनीले संयुक्त रुपमा विगतमा पनि विभिन्न स्थानमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि विभिन्न सहयोगि हातहरुसँग समन्वय गरेर सामाजिक उत्तरदायीत्व बहनको कार्यलाई निरन्तरता दिइने न्यौपानेले बताएका छन्। सहयोग सामाग्री हस्तान्तरण कार्यक्रमको क्लबका पुर्ब अध्यक्ष ला.बिशालबाबु तिमिल्सिनाले सन्चालन गर्नुभएको थियो।